वीरगंज । दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगीताको दोस्रो दिनको खेलमा सहलेश फुटबल क्लब सिरहाले ट्राईबेकरमा आफ्नो पहिलो जित निकालेको छ । शनिबार देखि आर्दशनगर रंगशालामा जारी खेलमा सहलेश फुटबल क्लब सिरहाले ५–४ गोलअन्तरले संकटा फुटबल क्लब काठमांडौलाई पराजित गरेर ट्राईबेकरमा जित निकालेको हो ।
खेलको ९० मिनेटको निर्धारित समय सक्दा पनि बिना गोल दुबै टिम बराबरी खेलेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो ।ट्राईबेकरमा संकटाका कप्तान सुदिप गुरुङ्ग ,राजिव लोपचन ,ईसेरिङ्ग लामा र सोम कर्लोसले गोल चुमाउँदा राम थापा बाहिर हानेका थिए ।