चलचित्रका निर्माता शिव प्रसाद कुर्मीले स्थानीय स्तरमा बनाइएको उक्त फिल्ममा स्थानीय भोजपुरी भाषा, कला र सस्कृतिंलाई प्रर्वद्धन गर्न सहयोगी हुने बिश्वास ब्यक्त गरे ।एक पेसा परवरिस चलचित्रमा गढीमाईको महिमालाई दर्शाइएको उनले जनाए । समाजमा बाझोपन भएका महिलाहरुले भोग्दै आएको कथावस्तुलाई उजागर गरिएको बताए ।
३२ लाखको लागतमा निर्माण गरिएको यस चलचित्र दुई घण्टा २० मिनेटको रहेको बताइएको छ । चलचित्रमा पाँच वटा भोजपुरी गितहरु समेटिएका छन् ।पत्रकार सम्मेलनमा गायक सुनिल पण्डित लगायतले चलचित्र सफलताको शुभकामना दिएका थिए ।सुनिल तिवारीले निर्देशन गरेको चलचित्रमा कलाकारहरु सोम्या पोखरेलको अभिनय रहेको छ ।