भक्तपुरमा एक महिलालाई बलात्कार गरेर फरार भएका व्यक्तिलाई कुवेतमा पक्राउ गरेर काठमाडौं ल्याइएको छ।
काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका–८ का ३१ वर्षीय उमेश लामालाई कुवेतबाट काठमाडौं ल्याइएको हो।
बलात्कार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भईसकेकाे थियाे।
नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) कुवेतको समन्वयमा पक्राउ गरेर लामालाई मंगलबार नेपाल फिर्ता ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए।
खोजतलास गरी पक्राउ गर्न इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो।सभार मकालु खबर बाट