42.7 C
Birgunj
Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
spot_img

चोरीको पोल खुल्ने डरले कान्ती देवी वीनको हत्या,३ जना पक्राउ

वीरगंज।  पर्साको जगरनाथपुर गाउँपालिका वडा नं.५ मसिहानी टोल बस्ने वर्ष ५६ की कान्ती देवी वीनको हत्यामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

dengue suchna new

जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलनको आयोजना गरी विनको हत्यामा संलग्न जेठाजु देवर सहित ३ जनालाई सार्वजनिक गरेको हो।

पर्सा प्रहरीले हत्यामा संलग्न भएको आरोपमा विनका देवर वर्ष ३६ को भुट्टा भन्ने लालबाबु राउत वीन, जेठाजु वर्ष ५९ को चन्द्रिका राउत वीन र वर्ष ५७ को अमिका भन्ने अमीरीका राउत वीनलाई सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरीक्षक कोमल विक्रम शाहले चोरीको पोल खुल्ने डरले विनको हत्या भएको बताए।

विनको घरमा चोरी गर्ने योजना बनाई घरमा सुरुङ बनाइ (सेनकाटी)घर भित्र प्रवेश गरी चोरी गर्नको लागि बक्साहरू खोतिल्दै गरेको अवस्थामा मृतक बिउझी तिनैजनालाई चिने पश्चात पोल खुल्ने डरले  तिनैजना मिली विनको टाउकोमा रड र काठको फलेकले प्रहार गरी बेहोस बनाए पश्चात सिरानीले मुख थुनि खुर्पीले घाँटी  रेटी विनको हत्या गरेको लालबाबु राउत वीनको बयानबाट खुलेको पर्साका प्रहरी उपरीक्षक शाहले जानकारी दिए।

विनको असोज २ गते आफनै घरको कोठा भित्र घाटी रेटीएको अवस्थामा लाश फेला परेको थियो।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here