28.4 C
Birgunj
Homeसमाचारबाराबाट लागूऔषध गाँजासहित ७ जना पक्राउ

बाराबाट लागूऔषध गाँजासहित ७ जना पक्राउ

बारा । बारा प्रहरीले लागूऔषध गाँजासहित ७ जनालाई पक्राउ गरी सोमबार दिउँसो सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले गोप्य सुचनाका आधारमा आईतबार बेलुकी जितपुरसिमरा उपमहानरपालिका वडा नं. २२ अमलेखगजं स्थीत जंगलबाट १५७ किलो गाँजा सहित मानिस पक्राउ गरेको हो ।

गाँजा ओसार पसारमा प्रयोग भएका ३ वटा सवारी र ४ जना भारतीय सहित ७ जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
बा ११ च ४९९२ नंबरको स्कायिपोबाट मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका १ बस्ने ३९ वर्षीय रोशन नेगीले उक्त परिमाणको गाँजा ओसारेको पाईयो । स्कापियोमा ६ पोकामा १५७ केजी अवैध लागूऔषध गाँजा सहित उनी पक्राउ परेका छन् ।

यस्तै उक्त गाँजा लिएर आउनेमा मकवानपुर भिमफेदी गाउँपालिका वडा नं.९ का ३० वर्षीय मुकेश लामा, जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ अमलेखगजंका ३३ वर्षीय बुद्ध पाख्रिन पनि पक्राउ परेका छन् । यसैगरी गाँजा लिन आएको बिआर ०५ जि ८६५६ नंबरको भारतीय पिकअप एक र विआर ०५ एजेड ८९६१ नंबरको भारतीय पल्सर मोटरसाईकल एक सहित ४ जना भारतीय नागरिक समेत पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत मोतिहारीका २६ वर्षीय अलि अहमद भाट, २३ वर्षीय जमालुदिन खान, १८ वर्षीय देव कुमार र ३५ बर्षका जागिरदिन मियाँ रहेका छन् ।

पक्राउ परेकामाथि आगूऔधषसम्बन्धी मुद्दामा जिल्ला अदालत बाराबाट म्याद लिई थप अनुसन्धान भैरहेको बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिए। बारा प्रहरीले पछिल्लो समय लागु औषध विरुद्ध सक्रियता बढाएको छ । जिल्लाका विभिन्न स्थानबाट गत आर्थिक वर्षमा मात्रै १ हजार ७ सय केजी गाँजा बरामद गरिएको उपरीक्षक बोगटीले जानकारी दिए।

यस अघि ठुल्ठुलो परिमाणमा गाँजा भेटिएपनि मानिस संलग्न भेटिएका थिएनन् । यसपटक ठुलो संख्यामा कारोबारमा संलग्नहरु फेला परेको पनि उनले बताए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here