28.4 C
Birgunj
Homeसमाचारस्थानियसांसद रमेश रिजाल बने उद्योग मन्त्री

सांसद रमेश रिजाल बने उद्योग मन्त्री

 

वीरगंज पर्सा, १७ चैत । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य रमेश रिजाल सङ्घ सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा रिजाल नेपाली कांग्रेसको तर्फबाट उद्योग मन्त्रीमा नियुक्त भएका हुन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका रिजालले शुक्रबार मन्त्रीको शपथ समेत ग्रहण गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवं मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
शपथग्रहण गर्नेहरूमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा डा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा रमेश रिजाल र सहरी विकासमन्त्रीका रुपमा सीता गुरुङ रहेका छन् ।
यस्तै, नेकपा (माओवादी केन्द्र)का शक्ति बहादुर बस्नेतले पनि पद तथा गोपनियताको शपथ लिएका हुन् ।
उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट कृषि तथा पशुपन्क्षी विकासमन्त्रीमा वेदुराम भुसाल र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीका रुपमा प्रकाश जवालाले शथप लिएका हुन् । जनता समाजवादी पार्टी नेपालका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा अशोक राईले पद तथा गोपनियताको शपथ लिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीकातर्फबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका हुन् ।
यस्तै, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ लिनुभएको छ । यसैगरी, नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको रुपमा शपथ लिएका हुन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री एवं मन्त्रीहरूलाई शपथ गराएका थिए । सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, संवैधानिक निकायका प्रमुख, वरिष्ठ सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here