वीरगंज पर्सा २ मंसिर । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ७२ घण्टाको लागि नेपाल भारत सिमा नाका बन्द गरिएको छ । निर्वाचनको समयमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरि नेपाल भारद सिमा नाका बन्द गर्ने दुई देशबीचको सहमति अनुसार बिहीबार राति १२ बजेदेखि ७२ घण्टाको लागि सिमा नाका बन्द गरिएको हो ।
निर्वाचनको बखत विभिन्न खालका आपराधिक क्रियाकलाप हुनसक्ने र यसले दुवै देशको शान्ति सुव्यावस्थामा खलल पु¥याउन सक्ने भएकोले दुवैतर्फ आवत जावत बन्द गरिने प्रावधान अनुसार गएराति १२ बजेदेखि मतदानको दिन बेलुकासम्म सिमा नाकाबाट आवतजावतमा पूर्ण रुपमा बन्द गरिएको हो ।
सिमा नाका बन्द अन्तर्गत वीरगंज – राक्सौल नाकामा नेपालतर्फ गेट लगाईएको छ । दुवैतर्फ सीमानाका बन्द गरेर सुरक्षा सतर्कता बढाईएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।
सिमा नाका बन्द भएसँगै लुकीछिपकी खेतबाटै नेपाल भारत आउने जानेहरुको संख्या बढेको छ । नेपालबाट भारततर्फ जाने सर्वसाधारणहरु वीरगंज रक्सौल मुख्य नाकाबाट जान रोक लगाएपछि खुल्ला सिमा क्षेत्र (खेत हुँदै) लुकी छिपी पैदल आउने जाने गरेका छन् ।