14 C
Birgunj
Homeसमाचारस्थानियएउटै दलका ३ जना बागि उम्मेदवार भएका कारण तीनै जना कमजाेरपर्सा २...

एउटै दलका ३ जना बागि उम्मेदवार भएका कारण तीनै जना कमजाेरपर्सा २ काे (२) मा दुई गठबन्धनका उम्मेदवार बिच नै प्रतिस्पर्धा

वीरगंज, १  मंसिर  । प्रदेशसभा पर्सा निर्वाचन क्षेत्र नं. २ काे (२) मा दुई गठबन्धनका उम्मेदवार बिच नै प्रतिस्पर्धा देखिएकाे छ । यस क्षेत्रकाे प्रदेशसभा सदस्यमा बाम लाेकतान्त्रिक गठबन्धनबाट लाेसपाका रमेश प्रसाद कुर्मी, एमाले-जसपा गठबन्धनबाट एमालेका हरेराम पटेल उम्मेदवार छन् ।

यसैगरी जसपाका बागी उम्मेदवार मुकेश द्विवेदी, करिमा बेग्म, रुपेशमान सिंह छन् । तीनै जनालाई जसपाले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी भएका हुन् । तिनै जनालाई पार्टीकाे निर्णय विपरित स्वतन्त्र उम्मेदवारी दिएपछि जसपाले कारवाही समेत गरिसकेकाे छ ।

क्षेत्रमा यी ५ जना उम्मेदवारकाे चर्चा रहेपनि मुख्य प्रतिस्पर्धा बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार कुर्मी र एमाले-जसपा गठबन्धनका उम्मेदवार पटेल बिच हुने स्थानियहरुले वताएका छन् ।

बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार कुर्मी लाेसपा नेता एवम् निर्वतमान प्रदेशसभा सदस्य हुन् । उनी कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लाेसपासहितकाे ५ दलिय गठबन्धनका उम्मेदवार हुन् । यसका साथै उनले क्षेत्र अन्तर्गतकाे वडाहरुमा गरेकाे विकास निर्माणकाे कामका कारण पनि बलियाे उम्मेदवारकाे रुपमा मानिएका छन् ।

एमाले-जसपा गठबन्धनका उम्मेदवार पटेल राजनितिकमा नयाँ भएपनि समाजिक क्षेत्रकाे अनुभव उनीसंग छ । उनी एक कुशल सहकारीकर्मी हुन् । उनी उम्मेदवार रहेकाे दल एमाले-जसपाकाे यस क्षेत्रमा राम्राे पकड रहेकाे छ । यसका साथै उनी युवा र शिक्षित नयाँ उम्मेदवार भएका कारण जनताले मन पराउन सक्ने भएकाेले पनि बलियाे उम्मेदवार रुपमा मानिएका छन् ।

स्वतन्त्र उम्मेदवार द्विवेदी युवा राजनीतिककर्मी हुन् । क्षेत्रमा उनकाे राम्राे पहिचान छ । कांग्रेस निकट विद्यार्थी संगठन नेवि संघबाट राजनितिक सुरु गरेका उनी ठाकुर राम बहुमुखी क्याम्पसका स्ववियु सभापति भएकाे व्यक्ति हुन् । पछि उनी नयाँ शक्ति हुँदै उनी जसपामा सकृय थिए । तर जसपाबाट टिकट पाउन आश गरेका उनले जसपाले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार भएका हुन् ।

स्वतन्त्र उम्मेदवार बेग्म पनि राजनीतिकर्मी नै हुन् । उनी जसपाका केन्द्रिय सदस्य थिए । पूर्व मन्त्री समेत रहेकी बेग्मलाई जसपाले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिइन । उनी मधेश आन्दाेलनमा सक्रिय सहभागिता जनाएका महिला हुन् ।

अर्का स्वतन्त्र उम्मेदवार सिंह नयाँ अनुहार हाे । उनी वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहकाे भतिजा हुन् । उनलाई क्षेत्रका जनता मेयर सिंहका नातादारकाे माध्यमले मात्र चिन्छन् । उनले पनि जसपाबाट टिकटकाे दाबी गरेपनि जसपाले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार भएका हुन् ।

चर्चामा रहेका स्वतन्त्र उम्मेदवार तीनै जना एउटै दलका भएका कारण मत विभाजित हुने र यसकाे फाइदा गठबन्धन कै दुई उम्मेदवारहरुलाई हुने स्थानिय जानकारहरुले वताएका छन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here