23.6 C
Birgunj
Homeसमाचारस्थानियएमालेमा खैलाबैला जलिम मियाँ भ्रष्टाचारी रहेको भन्दै पार्टी भित्रैबाट असहयोग

एमालेमा खैलाबैला जलिम मियाँ भ्रष्टाचारी रहेको भन्दै पार्टी भित्रैबाट असहयोग

जगरनाथपुर गाउँपालिकामा रहदा भ्रष्टाचारको चरम सिमा पार गरेका नेता जामिल मियाँको जुुलमबाट नेकपा एमालेका नेताहरुलाई मुक्ति चाहिएको भन्दै स्थानिय नेताहरूले नै असहयोग गर्न थालेपछि उनको जित संटकमा परेको छ । नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश रिजाललाई कडा टक्कर दिई रहेका नेता मियाँलाई एमाले भित्रबाट चरम असहयोग भईरहेको छ । यता जसपाले क्षेत्र नं. ४ को “ख” बाट आफ्नो पार्टीका उम्मेदवारलाई एमालेबाट असहयोग भए “क” का उम्मेदवार जयप्रकाश थारुको हार पनि निश्चित रहेको चेतावनी दिएको छ । क्षेत्र नं. ४ मा नेकपा–जसपा गठबन्धन र बाम लोकतान्त्रिक गठबन्धन भित्र कडा टक्कर हुने अनुमान गरिएकाे छ ।

निर्वाचन क्षेत्र नं. ४ का जनता भ्रष्टाचारीलाई भोट दिने मनस्थितीमा नरहेको भन्दै नेकपा एमालेकै छिपरहमाई गाउँपालिका तथा कालिकामाई गाउँपालिकाका नेताहरु टालटिन लिएर घरदैलाे गरी रहेका छन् । नेकपा एमाले भित्र देखिएको बिवादलाई मिलाउन मियाँ र थारुले धेरै पहल गरी रहेको भएपनि हाल सम्म पार्टीका जिल्ला सचिव मनोज गुप्तालाई कारवाही गराउँन सकेका छैनन् । जितको नजिक पुगेका मियाँ,थारु र सिंगासन कलवारलाइ भारी मतले जिताउन जपसा पार्टीले गठबन्धनलाई बलियो बनाउँन दवाव दिइरहेकाे छ । जसपाका नेताले गठबन्धनमा गदारी भए नेकपा एमाले पर्सा क्षेत्र नं. ४ मा निल हुने प्रतिक्रिया दिएका छन् । जालिम मियाँको क्षेत्रमा नेकपाएका स्थानिय नेताहरुले अलग अलग पार्टी प्रवेश कार्यक्रम गर्दै आएका छन् । एक खेमाले एमालेमा नेता कार्यकर्ताहरुलाई प्रवेश गराउँदै लाटलिन छापमा मत हाल्न अनुरोध गर्दै आएका छन् । नेताहरुको यो रवैया देखेर आफु निकै दुःखि रहेको नेकपा एमालेका अध्यक्ष जयप्रकाश थारुले बैठक डाकेरै रोस प्रकट गरेका छन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here