27.4 C
Birgunj
Homeसमाचारस्थानियकृषि बधुवा मजदुरहरुः मुक्त हलिया र कमैयाको सवालमा आमने सामने बैठक सम्पन्न

कृषि बधुवा मजदुरहरुः मुक्त हलिया र कमैयाको सवालमा आमने सामने बैठक सम्पन्न

३१ असार, २०७९ धनगढी कैलाली

कृषि बधुवा मजदुरहरुः मुक्त हलिया र कमैयाहरुको सामाजिक आर्थिक सवालमा समसामयिक छलफल गर्न सुदूरपश्चिम प्रदेश सरकार भूमि ब्यवस्था, कृषि र सहकारी मन्त्रालयद्धारा आमने सामने बैठकको आयोजना गरिएको छ । उक्त बैठक राष्ट्रिय दलित नेटवर्कको संयोजन र मुक्त हलिया, कमैया संगठनहरुको सहभागितामा सम्पन्न भएको थियो ।

बैठकमा कृषि बधुवा मजदुरहरुः मुक्त हलिया र कमैयाहरुको न्यायिक पुनस्र्थापनामा साझा पहलको थालनी गर्न मन्त्रालयको अगुवाईमा प्रदेश स्तरमा एक समन्वयात्मक संयन्त्र निर्माण गरि त्यस मार्फत कामहरु अगाडी बढाउनुपर्ने कुरामा निष्कर्ष निकालियो ।

उक्त बैठकको अध्यक्षता ग्रहण गर्दै भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय बिनीता चौधरीले कृषि बधुवा मजदुरहरुः मुक्त हलिया र कमैयाहरुको आवाश, भूमि र जिवीकोपार्जन मार्फत न्यायिक पुनस्र्थापनाका लागि प्रदेश सरकार प्रतिबद्ध भएर लाग्ने कुरा औल्याउनु भयो । साथै उहाँले कृषि बधुवा मजदुर र महिलाहरुद्धारा नेतृत्व गरेका सहकारीहरुलाई मन्त्रालय मार्फत बिऊँपुँजी सहयोग गर्न सकिने कुरा बताउनु भयो ।

सो बैठकमा द फ्रिडम फण्डका कानुनी सल्लाहकार तथा परामर्शदाता बालाराम भट्टराईले कृषि बधुवा मजदुरको समग्र न्यायिक पुनस्र्थापनाका लागि एकिकृत कानुन निर्माण भई त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले अहिलेको परिवेशमा समन्वयात्मक ढंगले अगाडी बढनुपर्ने कुरा बताउनु भयो । उक्त बैठकमा राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय कोषाध्यक्ष जंग बहादुर सुनार, पार्वती आगी्र कार्यकारी निर्देशक हुकुम बहादुर सार्की, मुक्त हलिया समाज महासंघका सदस्य टिका नेपाली लगायत १५जना सरोकारवाला निकायको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण मन्त्रालयका शाखा प्रमुख धर्मराज ओझाले गर्नु भएको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here