16.4 C
Birgunj
Homeसमाचारस्थानियपोखरीयामा बिहीबार २ ओटा मोटरसाइकल एकआपसमा ठोकिदा दुई जनाको मृत्यु

पोखरीयामा बिहीबार २ ओटा मोटरसाइकल एकआपसमा ठोकिदा दुई जनाको मृत्यु

वीरगन्ज चैत १७  । पोखरीयामा बिहीबार २ ओटा मोटरसाइकल एकआपसमा ठोकिदा दुर्घटना भएको हो । उक्त दुर्घटनामा परि दुई जनाको मृत्यु भएको हो । पर्सा जिल्लाको  पोखरीया नगरपालिका  वाडा नम्बर ४ स्थिती रहेको नहरको छेउमा  बिहीबार बिहान  करिब  १०: ३० मा विपरित दिशामा रहेका ना ३ प १०२६ नम्बर को मोटरसाइकल र प्रदेश २-०३-००४ नम्बरभएको  मोटरसाइकल एक आपसमा ठोक्किएको  थियो।

दुर्घटना हुदा  दुबै मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको थियो ।  तीब्र गतिमा रहेका ले २ दुबै मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको     पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।
मृत्यु हुनेमा जिल्ला पर्सा  धोबीनी गाँउपालिका वाड नम्बर २ गुलरीया बस्ने बर्ष ३५ को  ललन कुमार पटेल र पर्साजिल्लाकै सखुवा प्रसौनी गाउँपालिका बाड नम्बर  ५ एक्डर्वा बस्ने बर्ष २९ का हसिन्दर सहनी रहेका छन।

दुर्घटनामा  संगै मोटरसाइकलमा बसेका  धोबिनी गाउँ पालिका बाड नम्बर २ का ३० वर्षीय रोजादिन मया र पर्सा कै सखुवा प्रसौनी गाउँ पालिका बाडा नम्बर  ५  एक्डर्वा बस्ने  रन्जित महत्तो र त्यही  ठाँउ बस्ने बर्ष १९ का  सुपन राउत गम्भीर घाइते भएका हुन्  ।
घाइते ३ नै जनाको वीरगन्ज छपकैया स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी प्रवक्ता तथा  प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here