14.6 C
Birgunj
Homeसमाचारस्थानियसडक निर्माणको आडमा नेपाली भुमिमा चिनियाँ सेना परिचालन

सडक निर्माणको आडमा नेपाली भुमिमा चिनियाँ सेना परिचालन

सिन्धुपाल्चोक, २३ माघ

उतरी क्षेत्र चीन संग जोडिएको नेपाली जिल्ला सिन्धुपाल्चोकबाट चाइना जोड्ने कोदारी राजमार्ग अन्तर्गतको सडक निर्माणको वहानामा नेपाली भु भागमा चिनियाँ सेना परिचालन गरिएको रहस्य खुल्न आएको छ ।
चाइनाको खासा पोर्ट संग जोडिएको कोदारी राजमार्ग निर्माणको ठेक्का भएका चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीआरसीसी) को आडमा चिनियाँ सेना परिचालित भएको रहस्य खुल्न आएको हो ।
फौजी शैलीमा क्याम्प राखेर बसेको सीआरसीसीले गैरकानुनी रुपमा नेपालमा सुराकी समेत गर्ने गरेको स्थानीयको आरोप छ । त्यस्तै सीआरसीसीले कामदारको नाममा चिनियाँ सेनालाई ल्याएर नेपालको भूमि नै कब्जा गरेर बसेको छ । सीआरसीसीले तातोपानी सुख्खा बन्दरगाह आसपासको क्षेत्रमा क्याम्प बनाएर नेपाली भूमि कब्जा गरेका हुन् ।
चीनले सीआरसीसीका नाममा क्याम्पमा चिनियाँ सेना राखेर सादा पोसाकमा सुराकी गर्ने गरेको छ । चिनियाँ सेना सादा पोशाकमा नेपाली भूमिमा पसेर दिनभर बस्ने, मदिरा सेवन गर्ने र सर्वसाधारणलाई दुब्र्यवहार गर्ने गरेका थिए । कयौं पटक उनीहरुलाई स्थानीयले लखेट्नु परेको थियो ।
उक्त निर्माण कम्पनीमा कामदारका रुपमा सेना परिचालन गरेको र उनीहरु मार्फत नै सुचना संकलन गर्ने, स्थानीय प्रहरी÷प्रशासनलाई निर्देशन दिने र नेपाल भूमिमा चीनको पक्षमा वातावरण बनाउने काम गरिरहेको उनीहरु बताउँछन् ।
यतिमात्र नभई, उनीहरुले जनप्रतिनिधि मार्फत स्थानीय तहमा समेत अनावश्यक रुपमा हस्तक्षेप गर्ने गरेका छन् । स्थानीय जनप्रतिनिधिहरुलाई चीन भ्रमणमा लैजाने देखि उपचार वितरण गर्ने, राहतका नाममा खाद्यान्न र लत्ताकपडा वितरण गर्ने लगायतका काम समेत सीआरसीसी मार्फत चिनियाँ सेनाले नै गर्दै आएको उनीहरुको भनाइ छ ।
यसअघि भन्सार कार्यालय नजिकै रहेको सीआरसीसीको क्याम्प विस्तार गर्दै लगिएको छ । अहिले लामोसाघुमा कम्पनीको क्याम्प रहेको स्थानीवासी बताउँछन् । अहिले उक्त क्षेत्र चीनियाँको कब्जामा छ ।
सीआरसीसीकी प्रतिनिधि सुलोचना लामिछानेले भने आफूहरु सुरुदेखि नै लामो साँघुमा रहेको दाबी गरेकी छिन् । सीआरसीसीका नाममा चिनियाँ सेनाको गतिविधि वढेको र क्याम्प राखेको विषय भने उनले अस्विकार गरिन् ।
यो विषयमा आफूले जवाफ दिन नसक्ने भन्दै एउटा देशको सेना अर्को देशमा प्रवेश गरेको भए नेपालको सेना तथा सशस्त्र प्रहरीले आफनो हिसाबले त्यसको ब्यवस्थापन गर्ने उनको भनाइ छ । नेपाली भूमि कब्जा गरेर बसेको विषयमा उनले सीआरसीसी कब्जा गरेर नभई काम गर्नका लागि भाडा तिरेर बसेको बताइन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here