39.3 C
Birgunj
Date
शनि, असार १३, २०८३
Sat, June 27, 2026
spot_img

वडाध्यक्ष नरेश यादव एमालेमा प्रवेश, संगठन मजबुत हुने आशा

वीरगंज (पर्सा) गत स्थानीय तह निर्वाचन २०७९ मा वीरगंज महानगरपालिका–१८ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका नरेश प्रसाद यादव नेकपा (एमाले) मा प्रवेश गरेका छन् । उक्त निर्वाचनमा उनले स्थानीय स्तरमा राम्रो लोकप्रियता हासिल गर्दै सम्मानजनक मत प्राप्त गरेका थिए ।

सोमबार वीरगंजमा आयोजित अनौपचारिक स्वागत कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा पूर्व मन्त्री प्रदीप यादवले नरेश यादवलाई पार्टीमा भित्र्याए । कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, नेता ईश्वरचन्द्र यादव लगायत एमालेका अन्य स्थानीय नेताहरू उपस्थित थिए ।

नवप्रवेशी नरेश यादवलाई फूलमाला, टीका र खादा ओढाएर भव्य स्वागत गरिएको थियो । स्वागत समारोहमा बोल्दै प्रदीप यादवले भने, ‘चुनावमा सम्मानजनक मत ल्याउने, इमानदार र लोकप्रिय व्यक्तित्व नरेश यादवको पार्टी प्रवेशले हाम्रो संगठनलाई अझ मजबुत बनाएको छ । उनको सक्रियता वडाको विकास, जनताको सेवा र पार्टी विस्तारमा निर्णायक भूमिका खेल्नेछ ।’

नरेश यादवले आफूलाई एमालेमा प्रवेश गरेपछि नयाँ ऊर्जा प्राप्त भएको बताए । ‘वीरगंजको समग्र विकास र स्थानीय जनताको सेवा गर्न अब थप सहज र प्रभावकारी अवसर मिल्नेछ,’ उनले भने । साथै उनले पार्टीका सिद्धान्त र नीतिसँग आफू पूर्ण सहमत रहेको स्पष्ट पारे ।

यस प्रवेशसँगै वीरगंज–१८ मा एमालेको संगठन थप सुदृढ र विस्तारित भएको छ । स्थानीय कार्यकर्ताहरूले यस कदमलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्ने महत्त्वपूर्ण रणनीतिक सफलता ठानेका छन् । पार्टीमा प्रवेश गरेपछि नरेश यादवले वडास्तरका कार्यक्रम र घरदैलो अभियानमा समेत सक्रिय भूमिका निर्वाह गर्ने योजना घोषणा गरेका छन् । यसले वडाका मतदातासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने र पार्टीको एजेन्डा जनस्तरसम्म पुर्‍याउने कार्यमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

लोकप्रिय र अनुभवी नेता नरेश यादवको प्रवेशले एमालेको स्थानीय आधार बलियो बनाउने र चुनावी रणनीतिमा महत्वपूर्ण प्रभाव पार्ने बताइएको छ । यसले आगामी निर्वाचनमा पार्टीको मत प्रतिशत बढाउने र प्रतिस्पर्धी दलहरूका लागि चुनौती प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । नरेश यादवको प्रवेशसँगै स्थानीय कार्यकर्ताहरूमा उत्साह थपिएको छ भने एमालेका नेताहरूले संगठनात्मक एकता र सक्रियता बढाएर आगामी निर्वाचनमा विजयी सुनिश्चित गर्ने रणनीति तय गरेका छन् ।

नरेश यादवको एमाले प्रवेशले संगठनलाई बलियो बनाउने मात्र नभई स्थानीय जनसमर्थन जुटाउने महत्वपूर्ण कदम सावित हुने देखिएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here