38.8 C
Birgunj
Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img

पर्सा–२ मा मतदाताले पूर्व मन्त्री चौरसियाको विकल्प खोज्दै, परिवर्तनको माग

वीरगंज,२७ माघ । पर्सा निर्वाचन क्षेत्र नं. २ का नेपाली कांग्रेसका उम्मेदवार, पूर्व मन्त्री एवं निर्वतमान सांसद अजय कुमार चौरसियाको विकल्प खोज्न मतदाताहरू सक्रिय बनेका छन् । ६१ वर्षीय चौरसियाले लामो समय मन्त्री र सांसदको रूपमा सेवा गरे तापनि क्षेत्रको विकासमा अपेक्षित योगदान नगरेको भन्दै मतदाताले परिवर्तनको आवश्यकता महसुस गरिरहेका छन्।

यस क्षेत्रमा नेकपा एमालेकी रिमा कुमारी यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शुशिल साह कानु, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मनोज चौधरी, जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोक टेमानी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विना जयसवाल लागयतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

मतदाता भन्छन् कि जो उम्मेदवार चौरसियालाई हराउने सम्भावना राख्छ, त्यसलाई उनीहरूले नै समर्थन गर्ने योजना बनाएका छन् । उनीहरूले चौरसियासँग कार्यकालमा के उपलब्धि भए र अब के योजना बाँकी छन् भनी प्रश्न गर्दै परिवर्तनको माग गरेका छन् ।

चौरसियाको मन्त्री रहँदा सरकारकै कारण भएको जेएनजे आन्दोलनमा ठूलो जनधनको क्षति भएको थियो । त्यस्तै, इँटा भट्टामा जीवित व्यक्तिलाई जलाएको आरोपमा जन्मकैद सजाय पाएका आफताब आलमलाई उनले सफाई दिलाएको आरोप पनि सार्वजनिक रूपमा लाग्दै आएको छ । यी सबै कारणले मतदाता चौरसियाको विकल्प खोज्न थालेको बताइन्छ ।

स्थानीय नेताहरू र सामाजिक अभियन्ताहरू भन्छन्, “अब मतदाताले केवल व्यक्तिको इतिहास होइन, वर्तमान उपलब्धि र भविष्य योजना हेरेर निर्णय गर्नेछन्। विकास, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता मुद्दाहरूले मतदाता आन्दोलनको रूप लिइरहेका छन्।”

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here