29.7 C
Birgunj
Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img

शहिद धर्मराज सिंहकी आमाबाट एमाले उम्मेदवार प्रदीप यादवलाई आशीर्वाद

वीरगंज,२३ माघ । वीरगंज महानगरपालिका वडा नं. १८ भवानीपुर–इनर्वा निवासी मधेश आन्दोलनका वीर शहिद धर्मराज सिंह राजपुतकी आमा कलावती देवी राजपुतीनले नेकपा एमाले पर्सा क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादवलाई विजय तिलक लगाएर जितको आशीर्वाद प्रदान गरेकी छन्।

शुक्रबार बिहान शहिद परिवारसँग भेटघाटका क्रममा उम्मेदवार यादव राजपुत निवास पुगेका थिए। सो अवसरमा शहिदकी आमा कलावती देवीले उम्मेदवार यादवलाई फूलमाला पहिर्याइन्, दोसल्ला ओढाइन् र मिठाई खुवाउँदै निधारमा टीका लगाएर भावुक हुँदै विजयको शुभकामना दिइन्।

भेटघाटका क्रममा शहिदकी आमा कलावती देवीले उम्मेदवार यादवप्रति गहिरो विश्वास व्यक्त गर्दै भनिन्, “धेरै नेता आए, धेरै गए, तर हाम्रो सुख–दुःख साँचो रूपमा बुझ्ने र साथ दिने नेता प्रदीप यादव मात्र हुनुहुन्छ।”

शुक्रबार बिहानैदेखि वीरगंज महानगरपालिका वडा नं. १८ भवानीपुर र वडा नं. २२ मनियारीमा जनता–दर्शन कार्यक्रममा सहभागी हुँदै आएका यादवले शहिदकी आमासँग लामो समय आत्मीय संवाद गरेका थिए। उनले शहिद धर्मराज सिंहले देखाएको बाटो कहिल्यै नबिर्सिने प्रतिबद्धता जनाउँदै भने, “म पनि तपाईंको छोरा हुँ। कुनै समस्या आए नडराई सिधै मलाई फोन गर्नुस्।”

यादवले आफू सधैं शहिद परिवारको सुख–दुःखमा साथ रहने र भविष्यमा पनि साथ नछोड्ने वाचा गरे।
शहिद परिवारसँगको भेटपछि उम्मेदवार यादवले शहिद आमाबाट प्राप्त विजय तिलकले आफूलाई थप उत्साहित र जिम्मेवार बनाएको बताए। उनले आफू आश्वासन मात्र बाँड्ने नभई बोलेको कुरा गरेर देखाउने नेता भएको दाबी गर्दै आगामी दिनमा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here