30.8 C
Birgunj
Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img

उजुरी प्राप्त भएपछि आचारसंहिता उल्लंघनबारे अनुसन्धान भइरहेको छ : आयोग

काठमाडौँ,२२ माघ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनाव आचारसंहिता उल्लंघनका उजुरीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको बताएका छन् ।

बिहीबार मतपत्र छपाइ स्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमन गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो जानकारी दिएका हुन् । आयोगमा केही उम्मेदवारहरू विरुद्ध आचारसंहिता उल्लंघनको उजुरी परेको र त्यसका आधारमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए । उम्मेदवारहरूलाई स्पष्टीकरण बुझाउने कार्य पनि जारी रहेको उनले उल्लेख गरे ।

‘आचारसंहिता हामीले कडाईका साथ लागु गरेका छौँ । त्यसको पालना भएन कि भएन भनेर अनुगमन गरिरहेका छौँ । केही उम्मेदवारहरूविरुद्ध उजुरी आएको छ र स्पष्टीकरण सोधेका छौँ । केहीले स्पष्टीकरण पठाएका छन्, केही आउन बाँकी छन् । त्यसको अध्ययनपछि आवश्यक निर्णय लिइनेछ,’ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने ।

उनले सञ्चारमाध्यमलाई आग्रह गर्दै थपे, ‘निष्पक्ष सामग्री बनाइदिनुहोस् । चुनावको तयारी तीव्र गतिमा भइरहेको छ र तोकिएको मितिमा निर्वाचन सम्पन्न हुनेछ ।’

अगामी २१ फागुनमा प्रतिनिधि सभा सदस्य चुनाव हुने छ । यसका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया जारी छ । हालसम्म ७२ लाख ६० हजार मतपत्र छापिएको र ५,८२५ बाकस प्याकिङ गरिएको आयोगले जानकारी दिएको छ । कुल २ करोड ३ लाख २३ हजार मतपत्रको आवश्यकता रहेको छ । त्यसैगरी, समानुपातिक निर्वाचन प्रणालीको लागि २ करोड ८ लाख ३० हजार मतपत्र छपाइको प्रक्रिया सम्पन्न भई ढुवानीको तयारी अवस्थामा रहेको आयोगले जनाएको छ ।

निर्वाचनआयोग,आचारसंहिता,उजुरी,मतपत्र,निर्वाचन

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here