28 C
Birgunj
Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img

पर्सा-१ मा एमालेको सम्पर्क कार्यालय स्थापना

वीरगंज , १९ माघ –

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको तयारीमा नेकपा एमालेले पर्सा–१ मा आफ्नो चुनावी अभियान अघि बढाएको छ। यस क्रममा वीरगंज–११, श्रीपुरस्थित त्रिमूर्ति सिनेमा हलमा पार्टीको सम्पर्क कार्यालय सञ्चालनमा आएको छ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा एमालेका नेता, कार्यकर्ता र समर्थकको उपस्थिति रहेको थियो। कार्यकर्ताहरूले प्रदीप यादवलाई जनताको आवाज संसदसम्म पुर्‍याउन सक्षम उम्मेदवारको रूपमा प्रस्तुत गरेका छन्।

पार्टीले सम्पर्क कार्यालयमार्फत घरदैलो अभियान, जनसंवाद र युवा तथा महिला केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ। साथै विगतमा गरेको विकासका काम र आगामी दिनमा पर्सा–१ क्षेत्रलाई विकासतर्फ अगाडि बढाउने योजना जनतालाई जानकारी गराउने तयारी गरिएको छ।

यस क्षेत्रका कार्यकर्ताहरूको दाबी छ कि पर्सा–१ मा बढ्दो जनसमर्थन र सक्रिय अभियानले एमालेलाई बलियो प्रतिस्पर्धीको रूपमा प्रस्तुत गरेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here