25.2 C
Birgunj
Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img

आर्थिक विकास र समृद्धिको एकमात्र भरोसा नेपाली काँग्रेस हो: नेता अनिल रुङटा

आर्थिक विकास र समृद्धिको एकमात्र भरोसा नेपाली काँग्रेस हो: अनिल रुङटा

नेपाली काँग्रेस पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिल रुङटाले मुलुकको आर्थिक विकास, औद्योगिक प्रगति र जनताको जीवनस्तर उकास्ने जिम्मेवारी नेपाली काँग्रेसबाहेक अन्य कुनै पनि राजनीतिक शक्तिले पूरा गर्न नसक्ने स्पष्ट दाबी गर्नुभएको छ।

नेपाल ट्रेड युनियन काँग्रेसले वीरगन्जमा आयोजना गरेको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा बोल्दै उम्मेदवार रुङटाले भन्नुभयो, “इतिहासले प्रमाणित गरिसकेको छ। जब–जब नेपाली काँग्रेसले बहुमतको सरकार बनाएको छ, तब–तब देशले आर्थिक प्रगति, औद्योगिक विकास र रोजगारीको अवसर पाएको छ।”

उहाँले २०४६ सालको जनआन्दोलनपछि जनताले नेपाली काँग्रेसलाई बहुमत दिँदा देशले भोगेको आर्थिक उन्नति त्यसको ज्वलन्त उदाहरण भएको उल्लेख गर्दै भन्नुभयो, “विकासको नारा धेरैले दिन्छन्, तर व्यवहारमा उद्योग स्थापना गरेर, रोजगारी सिर्जना गरेर देखाउने काम नेपाली काँग्रेसले मात्रै गरेको छ।”

देशमा दिगो आर्थिक विकासका लागि स्थिर र बहुमतको सरकार अपरिहार्य रहेको बताउँदै उहाँले आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसको रुख चिह्नमा मतदान गरी काँग्रेसलाई बलियो जनादेश दिन आम मतदातासमक्ष आग्रह गर्नुभयो।

उम्मेदवार रुङटाले २०५६ सालमा काँग्रेसले बहुमत पाउँदा देशमा आएको आर्थिक परिवर्तन र औद्योगिक विस्तारको स्मरण गराउँदै फेरि पनि जनताले विश्वास गरेमा देश र जनताको आवश्यकताअनुसार नयाँ आर्थिक क्रान्ति गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“देशको पक्षमा सही आर्थिक नीति बने उद्योगधन्दा फस्टाउँछन्, उद्योग फस्टाएपछि रोजगारी सिर्जना हुन्छ र नागरिकको जीवनस्तर स्वाभाविक रूपमा माथि उठ्छ,” उहाँले जोड दिनुभयो।

युवा, मजदुर तथा श्रमिक वर्गको हक–अधिकारका लागि नेपाली काँग्रेसले मात्रै निरन्तर संघर्ष गरेको इतिहास रहेको उल्लेख गर्दै पार्टी सभापति गगन थापाको नेतृत्वमा बहुमतको सरकार निर्माण गर्न देशभरका मतदातालाई एकजुट हुन उहाँले आह्वान गर्नुभयो।

कार्यक्रम नेपाल ट्रेड युनियन काँग्रेस पर्साका अध्यक्ष छोटेलाल प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा तीन महिनाको सिलाइ–कटाइ तालिम तथा १५ दिने ब्युटिसियन तालिम पूरा गरेका १५–१५ जना प्रशिक्षार्थीलाई उम्मेदवार रुङ्गटाले दक्षताको प्रमाणपत्र वितरण गर्नुभएको थियो।

त्यसैगरी पर्साको सबैया साझेदारी वन उपभोक्ता समितिको अध्यक्ष पदमा निर्विरोध निर्वाचित लखनलाल साह कानुलाई सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाली काँग्रेस पर्साका पूर्व सभापति एवं संविधान सभा सदस्य अजय कुमार द्विवेदी, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्द गुप्ता, अनिल सिंह, अमृतलाल जोशी, लक्ष्मण प्रसाद कुर्मी, मणिन्द्रलाल नेपाली,हरिन्द्र महतो लगायतका वक्ताहरूले काँग्रेसको बहुमत सरकारले मात्रै नेपाल र नेपालीको वास्तविक विकास सम्भव हुने धारणा राख्दै रुख चिह्नमा मतदान गरी नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउन अपिल गर्नुभएको थियो।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here