25.2 C
Birgunj
Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img

परिवर्तन बिना नयाँ पुस्ताको भविष्य सम्भव छैन : उपेन्द्र यादव

काठमाडौँ,१६ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देश र जनताको चाहनाअनुसार संविधान संशोधन वा पुनर्लेखन आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सप्तरी–३ बाट उम्मेदवारका रूपमा चुनावी अभियानमा रहेका यादवले नयाँ पुस्ताको भविष्य संविधानमै सुरक्षित हुनुपर्ने धारणा व्यक्त गरे । चुनावी कार्यक्रममा बोल्दै उनले वर्तमान संवैधानिक संरचनाले देशलाई स्थायित्व र न्याय दुवै दिन नसकेको बताए ।

उनले भने, “आजको नेपाल पुरानै संवैधानिक संरचनामा अड्किएको छ, जसले न त स्थायित्व दिएको छ, न त न्याय।”

यादवले राजनीतिक अस्थिरता, कमजोर संघीय अभ्यास र पहिचानको अभावका कारण युवा पुस्ताको भविष्य अन्योलमा परेको उल्लेख गर्दै भने, “राजनीतिक अस्थिरता, कमजोर संघीयता र पहिचानको अभावले युवा पुस्ताको भविष्य अन्योलमा छ।”

उनले राष्ट्रिय जातीय पहिचान झल्किने गरी राज्य पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याउँदै उच्चस्तरीय राज्य पुनर्संरचना आयोग २०६८ को प्रतिवेदनअनुसार जातीय पहिचानसहितको प्रदेश संरचना कार्यान्वयनमा जसपा नेपाल अडिग रहेको स्पष्ट पारे ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here