34.1 C
Birgunj
Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img

एमाले उम्मेदवार प्रदीप यादवको दाबी: पर्सा–१ मा फराकिलो जित

वीरगंज,१२ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले यसपालिको निर्वाचनमा आफू १० हजारभन्दा बढी मतान्तरले विजयी हुने दाबी गरेका छन्।

शनिबार जनकपुरमा नेकपा एमालेद्वारा आयोजित मधेस प्रदेशभरका उम्मेदवारहरूको परिचयात्मक तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उम्मेदवार यादवले अघिल्ला निर्वाचन परिणामलाई स्मरण गर्दै यसपटक फराकिलो मतान्तरसहित जित सुनिश्चित हुने दाबी गरेका हुन्। पूर्वमन्त्रीसमेत रहेका यादवले भने, “२०७४ सालको निर्वाचनमा करिब ५ हजार मतान्तरले जितें, २०७९ मा करिब १ हजार ७ सय मतान्तरले विजयी भएँ। अब यसपालि १० हजारभन्दा बढी मतान्तरले जित्छु।”

यादवले पर्सा–१ मा नेकपा एमालेको संगठनात्मक अवस्था दिनप्रतिदिन मजबुत बन्दै गएको जिकिर गरे। “पर्सा–१ मा एमालेको अवस्था एकदमै राम्रो छ,” उनले भने, “महानगरका मेयर, जिल्ला समन्वय समितिका प्रमुख, महानगरका ७ वटा वडाका वडाध्यक्षलगायत थुप्रै जनप्रतिनिधि र नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। यसले पार्टीलाई थप बलियो बनाएको छ।”

उनले पार्टीका सबै पंक्ति एकजुट भएर लागेकाले कार्यकर्ता तथा समर्थकहरूमा नयाँ ऊर्जा र उत्साह थपिएको बताए। पर्सा–१ मा अब एमालेको जितमा कुनै शंका नरहेको उनको दाबी थियो।

कार्यक्रममा पर्सा–२ की उम्मेदवार रिमा यादव, पर्सा–३ का उम्मेदवार रुपेश पाण्डे तथा पर्सा–४ का उम्मेदवार जालिम मियाँ मन्सुरीको समेत सहभागिता रहेको थियो।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here