42.2 C
Birgunj
Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img

पर्सा–१ मा जनमत पार्टीको चुनावी अभियान तीव्र

वीरगंज (पर्सा), ११ माघ । पर्सा क्षेत्र नम्बर १ मा जनमत पार्टीले चुनावी गतिविधि तीव्र बनाएको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सर्राफले संगठन विस्तार तथा सुदृढीकरणसँगै कार्यकर्ता भेटघाट अभियान सुरु गरिसकेका छन् ।

‘आपन बुथ सब से मजबुत’ भन्ने मूल नारासहित जनमत पार्टीले आइतबार पर्सा क्षेत्र नम्बर–१ अन्तर्गतका ३४ वटै बुथका बुथ इन्चार्ज, महिला इन्चार्ज तथा युवा इन्चार्जहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । बुथस्तरको संगठनलाई अझ मजबुत बनाउँदै मतदाता केन्द्रित अभियान अघि बढाउने रणनीतिमा पार्टी जुटेको जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार सर्राफले बुथस्तर नै निर्वाचन जितको मुख्य आधार हुने उल्लेख गर्दै पार्टी संगठनलाई एकताबद्ध र सक्रिय बनाएर मैदानमा उत्रिन कार्यकर्तालाई आग्रह गरे । उनले जनमत पार्टीले आगामी दिनमा घरदैलो, जनसम्पर्क तथा विविध चुनावी कार्यक्रमलाई निरन्तरता दिने तयारी गरिसकेको जानकारी दिँदै पार्टीका सबै चुनावी गतिविधिमा सक्रिय सहभागिता जनाउन कार्यकर्तालाई आह्वानसमेत गरे ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here