24.2 C
Birgunj
Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img

‘भोट बैंक होइन, विकास चाहियो’ — नगवाबाट सरार्फको राजनीतिक उद्घोष

वीरगंज,१० माघ ।  पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा जनमत पार्टीको चुनावी कार्यक्रम शनिबार वीरगंज महानगरपालिका वडा नम्बर–१६ अन्तर्गत नगवा दक्षिण टोलमा सम्पन्न भएको छ। स्थानीयको उल्लेखनीय उपस्थितिका बीच सम्पन्न कार्यक्रममा पार्टीका युवा उम्मेदवार ओमप्रकाश सरार्फलाई स्थानीयवासीहरूले उत्साहपूर्वक स्वागत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सरार्फले नगवा तथा वीरगंज महानगरपालिका वडा नम्बर–१६ लाई विगतमा नेताहरूले भोट बैंकको रूपमा मात्र प्रयोग गरेको आरोप लगाए। उनले नगवा, इनरवा लगायतका क्षेत्रलाई राज्य र नेतृत्वबाट विभेद गरिएको दाबी गर्दै त्यसको अन्त्यका लागि आफू चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे।

सरार्फले आफ्नो चुनाव चिन्ह ‘हरन’ छापमा मतदान गरी विजयी गराएमा वडा नम्बर–१६ को समग्र विकास र कायापलट गर्ने प्रतिबद्धता व्यक्त गरे। आफू राजनीति र सामाजिक गतिविधिमा सक्रिय युवा भएको उल्लेख गर्दै उनले युवाहरूको सशक्तिकरण र उत्थानका लागि निरन्तर संघर्ष गर्दै आएको बताए। साथै, जेन–जी पुस्ताको प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत गर्दै नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको धारणा राखे।

अन्य उम्मेदवारहरू विभिन्न रणनीतिमा अलमलिएको अवस्थामा आफू भने निरन्तर घरदैलो अभियान तथा निर्वाचन लक्षित कार्यक्रममै केन्द्रित रहेको उनले बताए।

जनमत पार्टीका बुथ इन्चार्ज किरण चौर्सियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका नेता विद्यालाल प्रसाद, निराजन कुशवाहा, भुपेन्द्र साह, सत्युह साह, सहनवाज राकीललगायत नेताहरू तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here