28.6 C
Birgunj
Date
बुध, असार १७, २०८३
Wed, July 1, 2026
spot_img

निर्वाचन प्रहरी भर्नामा ढिलाइ, म्याद थप गरेर आवेदन खुला

रामेछाप,१० माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्ना, छनोट र नियुक्तिको म्याद पुनः थपिएको छ। भर्ना समिति रामेछापले आवेदन दिन माघ १० र ११ गतेसम्मका लागि दुई दिन म्याद थप गरेको हो।

जिल्ला प्रहरी प्रमुख भोला भट्टका अनुसार, निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरीको विज्ञापन अनुसार पर्याप्त आवेदन नपरेपछि पुनः आवेदन म्याद थप गरिएको हो। रामेछाप जिल्लामा १,३३३ जना निर्वाचन प्रहरी आवश्यक भए पनि हालसम्म ९०० जनाले मात्र आवेदन दिएका छन् र उनीहरूलाई मात्र तालिम दिने काम भइरहेको छ।

निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति र परिचालन कार्यविधि–२०७२ अनुसार, यसअघि प्रकाशित सूचनामा शारीरिक परीक्षण, सहिष्णुता र लिखित परीक्षामा सहभागी हुन छुटेका तथा नयाँ आवेदन दिन चाहनेहरूले पनि माघ ११ गतेसम्म आवेदन दिन सक्ने जानकारी प्रहरी नायब उपरीक्षक भट्टले दिएका छन्।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here