24.2 C
Birgunj
Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img

रिमा यादवले पर्सा–२ मा घरदैलो अभियानको औपचारिक सुरुआत

वीरगंज,१० माघ । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा कुमारी यादवले सरस्वती पूजाको अवसर पारेर घरदैलो कार्यक्रमको औपचारिक शुभारम्भ गरेकी छन्। उनी पर्सागढी नगरपालिकाबाट अभियान सुरु गर्दै टोल–टोलमा पुगेर स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरिन्।

घरदैलो अभियानका क्रममा यादवले स्थानीयवासीका समस्या, गुनासा र अपेक्षाहरू सुनेर शिक्षा, रोजगारी, महिला सशक्तीकरण, आधारभूत सेवा र विकास निर्माणसँग सम्बन्धित धारणा संकलन गरिन्। उनले विद्यालयका विद्यार्थी, अभिभावक र सर्वसाधारणसँग भलाकुसारी गर्दै महिला, युवा र बालबालिकाको भविष्य सुरक्षित गर्न राजनीति परिवर्तनमुखी हुनुपर्नेमा जोड दिइन्।

उम्मेदवार यादवले भनिन्, “परिवर्तनको नेतृत्व महिलाले गर्छन्। अब महिलाको हक–अधिकारका लागि केवल आवाज उठाउने समय सकिएको छ, निर्णायक हस्तक्षेप र नेतृत्वको समय आएको छ।” उनले समृद्ध पर्सा, सबल समाज र जनताको हक–अधिकार सुनिश्चित गर्ने संकल्पका साथ जनतामाझ आएको बताइन्।

स्थानीयवासीहरूले युवा तथा महिला उम्मेदवारलाई अघि सारेकोमा खुलेर प्रशंसा गर्दै यसपटक परिवर्तनका लागि एमालेको पक्षमा मत दिने प्रतिबद्धता व्यक्त गरेका थिए। घरदैलो अभियान आगामी दिनहरूमा पर्सा–२ का अन्य वडाहरूमा पनि विस्तार गरिनेछ। कार्यक्रममा एमाले नेता गोकर्ण पाठक, नेतृ सिता लामा, प्रद्युमन यादव लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here