35.1 C
Birgunj
Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
spot_img

च्च विन्दुबाट ओर्लियो सुन, तोलामा २ हजार ९ सय रुपैयाँको गिरावट

काठमाडौं,०८ माघ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घट्दै २ लाख ९२ हजार २ सय रुपैयाँमा झरेको हो।

यसअघि बुधबार सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार हुँदै ऐतिहासिक उच्च विन्दुमा पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य केही घटेकाले त्यसको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ। हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस करिब ४ हजार ८ सय अमेरिकी डलर रहेको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँले घटेर ५ हजार ८७० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here