29.1 C
Birgunj
Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img

निर्वाचन तयारी: १७५ उम्मेदवारले समानुपातिक सूचीबाट नाम फिर्ता लिए

काठमाडौँ,३० पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन्। निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरणअनुसार, १७ चुनाव चिह्नका उम्मेदवार (एकलसहित)ले आफ्नो नाम फिर्ता लिएका हुन्।

बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन पाएको समय पुस २८ गते बिहान १०ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म तोकिएको थियो। आयोगका अनुसार उम्मेदवारले आफैं उपस्थित भएर वा वारेसमार्फत पनि नाम फिर्ता लिन सक्ने व्यवस्था थियो।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार, सबैभन्दा बढी नाम फिर्ता लिनु पर्ने दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) हो, जसका ११० उम्मेदवारले नाम फिर्ता लिएका छन्। उक्त पार्टीले अन्य दलसँग एकता गरेकाले तयसअघि पेस भएका उम्मेदवार सबैको नाम बन्दसूचीबाट फिर्ता भएको जानकारी दिएको छ।

अन्य दलका उम्मेदवारले नाम फिर्ता लिएको विवरण यसप्रकार छ:

जनमत पार्टी: २० उम्मेदवार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): १२, जनादेश पार्टी नेपाल: ६, पाल कम्युनिष्ट पार्टी (एमाले): ५, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र राष्ट्र निर्माण दल नेपाल: ४–४, नेपाली कांग्रेस, उन्नत लोकतान्त्रिक पार्टी, नेकपा, रास्वपा: २–२

त्यस्तै, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टीका एकल चुनाव चिह्नका उम्मेदवारले नाम फिर्ता लिएका छन्। यसैगरी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीका एक–एक उम्मेदवारले पनि नाम फिर्ता लिएका आयोगले जनाएको छ।

समानुपातिक निर्वाचन प्रणालीका लागि दलहरूले पुस १३ र १४ गते आयोगमा उम्मेदवारको नाम पेस गरेका थिए। कूल २७५ सदस्यीय प्रतिनिधिसभामा, प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ। निर्वाचनका लागि जातीय प्रतिनिधित्व सुनिश्चित गर्न आयोगले आवश्यक व्यवस्था पनि मिलाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here