28.1 C
Birgunj
Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img

न्याय पहुँच विस्तारमा अधिवक्ता साह: विपन्नलाई निःशुल्क कानुनी सेवा

वीरगंज,१८ पुस । पर्सा जिल्लाका स्थायी बासिन्दा अनिल कुमार साहले अधिवक्ताको अनुमति पत्र प्राप्त गरेसँगै समाजप्रतिको उत्तरदायित्व बोध गर्दै प्रशंसनीय संकल्प गरेका छन् । उनले आर्थिक रूपमा कमजोर तथा विपन्न नागरिकहरूको मुद्दा अबदेखि निःशुल्क रूपमा हेर्ने घोषणा गरेका हुन् ।

“कानुन सबैका लागि समान हुनुपर्छ र गरिबी न्याय प्राप्तिको बाधक बन्नु हुँदैन,” भन्ने मान्यताका साथ अधिवक्ता साहले आफ्नो पेशागत यात्रामा मानवीय सेवालाई प्राथमिकतामा राख्ने अठोट व्यक्त गरेका छन् । उनकाे यो निस्वार्थ निर्णयले न्यायमा पहुँचबाट वञ्चित वर्गका नागरिकहरूलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।

नयाँ पुस्ताका अधिवक्ताबाट आएको यस्तो सकारात्मक पहलले कानुनी क्षेत्रमा सामाजिक उत्तरदायित्व र सेवाभावको सन्देश प्रवाह गरेको छ । अधिवक्ता साहको यो कदमले समाजमा न्यायप्रति विश्वास थप मजबुत बनाउँदै कानुनी क्षेत्रमा नयाँ ऊर्जा भरेको स्थानीय बुद्धिजीवीहरूको धारणा रहेको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here