35.3 C
Birgunj
Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img

फागुन २१ निर्वाचनको तयारी : जनमत पार्टीले पर्सा–१ मा संगठन विस्तार

वीरगंज,१५ पुस । आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनको तयारीमा जनमत पार्टी पर्साले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो चुनावी गतिविधि तीव्र बनाएको छ। पार्टीले मतदाता भेटघाट, संगठन विस्तार तथा बुथस्तरीय कमिटी गठनलाई प्राथमिकतामा राख्दै अभियान अघि बढाएको छ।

पर्सा–१ बाट पार्टीका उम्मेदवार ओमप्रकाश सर्राफले पछिल्लो एक हप्ताभित्र वीरगंजका विभिन्न वडाहरूमा वृहत भेटघाट कार्यक्रम सञ्चालन गरेका छन्। उनले भेटघाटका क्रममा पार्टी कार्यकर्ता, स्थानीय अगुवा र सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै संगठन विस्तारमा जोड दिएका छन्।

सर्राफका अनुसार, ती वडामा बुथस्तरमा युवा, महिला र मूल कमिटी गठन तथा पुनर्गठन गरिएको छ। स्थानीय तहमै जिम्मेवारी बाँडफाँड गर्दै जनमत पार्टीको आधार विस्तारमा जोड दिइएको उनले बताए।

भेटघाटका क्रममा स्थानीय बासिन्दाले उठाएका समस्या, विकासका अवरोध र प्रशासनिक झन्झटहरूको समाधानका लागि सर्राफ प्रतिबद्ध रहेको बताए। शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी र आधारभूत पूर्वाधार उनका मुख्य एजेन्डा रहेको छ।

क्षेत्र पर्यवेक्षक डा. मनोज कुमारका अनुसार, भेटघाटका क्रममा उठाइएका समस्या सम्बन्धित निकायसम्म पुर्‍याएर समाधानका लागि पहल गरिएको छ। सर्राफले पार्टी अध्यक्ष डा. सिके राउतको नेतृत्वमा मधेश, प्रदेश र देशको समग्र विकास सम्भव हुने दाबी गर्दै कार्यकर्तालाई एकताबद्ध भएर लाग्न आग्रह गरेका छन्।

पार्टीले आगामी दिनमा पनि घरदैलो अभियान, बुथस्तरीय बैठक र जनसंवाद कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। भेटघाट टोलीमा बिध्यालाल प्रसाद, सिए देवराज, निराजन कुशवाहा, नागेन्द्र गुप्ता, सहनवाज राकी लगायतको सक्रिय भूमिका रहेको थियो।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here