28.1 C
Birgunj
Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img

डा. कृपासिन्धु चौधरी जसपामा आबद्ध, पर्सा–४ बाट प्रतिनिधिसभा उम्मेदवार तय

वीरगंज,२७ मंसिर । नेपाली काङ्ग्रेस पर्साका महाधिवेशन प्रतिनिधि तथा बौद्धिक व्यक्तित्व डा. कृपासिन्धु प्रसाद चौधरी जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।

ठाकुर राम बहुमुखी क्याम्पस, वीरगञ्जका पूर्व क्याम्पस प्रमुख, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा सह–प्राध्यापकसमेत रहेका डा. चौधरीले आज जसपा नेपालको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा पार्टी सदस्यता ग्रहण गरेका हुन् । सो अवसरमा अध्यक्ष यादवले खादा, माला र अबिर लगाई डा. चौधरीलाई पार्टीमा स्वागत गरेका थिए ।

जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवका अनुसार आउँदो प्रतिनिधिसभा निर्वाचनमा डा. चौधरी पर्सा क्षेत्र नम्बर ४ बाट जसपा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा तय गरिएको छ ।

राजनीति, शिक्षा र योजना निर्माण क्षेत्रमा लामो अनुभव बोकेका डा. चौधरीको पार्टी प्रवेशले पर्सा जिल्लामा जसपा नेपालको संगठन थप सुदृढ हुने विश्वास पार्टी नेतृत्वले व्यक्त गरेको छ।

 

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here