43.5 C
Birgunj
Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img

जेनजी आन्दोलनपछि रोकिएको भिसा फेरि खुले, पुलिस रिपोर्ट अनिवार्य

काठमाडौं,१० मंसिर । केही समयदेखि अनौपचारिक रूपमा रोकिएको संयुक्त अरब इमिरेट्स (यूएई) को श्रम तथा भिजिट भिसा पुनः खुला भएको छ। भदौ २४ गतेको ‘जेनजी आन्दोलन’ का क्रममा जेलबाट कैदी फरार भएका घटनापछि यूएईले नेपाली भिसामा कडाइ गर्दै रोक लगाएको थियो, जसले हजारौँ नेपाली कामदार र पर्यटकको भिसा प्रक्रिया रोकिएको थियो।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार, भिसा पुनः खुला भएपछि नेपाली कामदार र पर्यटकले भिसा पाउन थालेका छन्। केहीले त आजै भिसा प्राप्त गरिसकेका छन्। यद्यपि, यूएईले भिसा रोक्ने र पुनः खुला गर्ने दुवै प्रक्रियाबारे नेपाल सरकारलाई औपचारिक जानकारी भने दिएको छैन।

भिसा रोकिएको अवधिमा परराष्ट्र मन्त्रालय र यूएई सरकारबीच निरन्तर संवाद भएको थियो। वैदेशिक रोजगार व्यवसायी संघले पनि समस्या समाधानका लागि पहल गर्दै आएको थियो। भिसा खुला भएसँगै यूएई जाने तयारीमा रहेका हजारौँ नेपालीको समस्या समाधान हुने अपेक्षा गरिएको छ।

तर, अब भिसा प्रक्रियामा कडाइ बढाइएको छ। यूएई जाने सबै नेपाली नागरिकले प्रहरीले जारी गरेको चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। यस प्रमाणपत्र सहित मात्रै यूएई प्रवेश भिसा प्राप्त गर्न सकिनेछ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here