34.1 C
Birgunj
Date
बुध, जेष्ठ २७, २०८३
Wed, June 10, 2026
spot_img

त्रिविको महत्वपूर्ण सभा आज, नीति तथा कार्यक्रम पेस गर्ने तयारी पूरा

काठमाडौं,१० मंसिर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सभा आज प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा बस्दै छ। बिहान ११ बजेका लागि बोलाइएको सभामा त्रिविको नीति तथा कार्यक्रम पेस गरिने भएको छ।

गत २६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नीति तथा कार्यक्रम रोकिएर केवल बजेट मात्र प्रस्तुत गरिएको थियो। सोही निर्देशनअनुसार रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले २८ अर्ब १२ करोड ५७ लाख २१ हजारको बजेट सार्वजनिक गरेका थिए।

तर आजको सभामा सो स्थगित नीति तथा कार्यक्रम औपचारिक रूपमा पेस गरिने उपकुलपति दीपक अर्यालले जानकारी दिए।
‘आज नीति तथा कार्यक्रम सभामा पेस हुन्छ,’ उपकुलपति अर्यालले भने।

प्रधानमन्त्री बनेपछि सुशीला कार्की पहिलो पटक त्रिवि सभाको अध्यक्षता गर्दै छिन्।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here