बारा, कोल्हवी
इलाका प्रहरी कार्यालय कोल्हवी, बाराबाट खटिएको प्रहरी टोलीले चोरीको मोटरसाइकलसहित ३ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
मिति २०८२ साल असार १७ गते साँझ करिब ४:३० बजे, कोल्हवी नगरपालिका–४, सपहीस्थित इलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक (प्र.नि.) रंजन मिश्रको नेतृत्वमा खटिएको टोलीले चोरी गरिएको मोटरसाइकलसहित ३ जनालाई नियन्त्रणमा लिएको हो।
विभिन्न मिति, समय र स्थानबाट हराएका तथा चोरी भएका मोटरसाइकलहरूको खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय, कोल्हबीबाट प्रहरी निरीक्षक रञ्जन मिश्रको कमाण्डमा खटिएको टोलीले उक्त मोटरसाइकलहरू बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार सम्बन्धित पीडितहरूले हराएको तथा चोरी भएको भन्दै प्रहरीमा निवेदन तथा जाहेरी दिएका थिए। सोही आधारमा अनुसन्धानको क्रममा विभिन्न स्थानबाट फेला परेका मोटरसाइकलसहित तीनजना व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बारा, कोल्हबी नगरपालिका वडा नं १ निवासी २१ वर्षीय राहुल बिक, २३ वर्षीय अर्जुन खवास र २३ वर्षकै मुस्कान चौधरी रहेका छन्।
पक्राउ परेकामाथि बारा जिल्ला अदालतबाट म्याद थप गरि चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ल प्रहरी कार्यालय बाराले जानाएको छ। चोरी गरेको ५ वटा मोटरसाइकल समेत बरामद गरिएको छ। मोटरसाइकलहरू प्र.२-०३-००६ प ६५१५ नम्बरको १२५ सि.सि. क्षमताको होन्डा साइन, ना.४८ प.६९७० नम्बरको कालो रङको टिविएस आरटीआर २००, बा.९४ प.२१४६ नम्बरको निलो रङको बजाज पल्सर २२०, ना.६५ प.८८६० नम्बरको रातो–कालो टिविएस स्ट्राइकर, प्र.२-०३-००५ प ६२२६ नम्बरको निलो रङको टिविएस स्ट्राइकर रहेको छ।
प्रहरीका अनुसार, नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कोल्हवीमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

