28.2 C
Birgunj
Date
बुध, असार २४, २०८३
Wed, July 8, 2026
spot_img

एडीबी अध्यक्ष काठमाडौंमा, प्रधानमन्त्री बालेन शाहसँग उच्चस्तरीय भेटवार्ता

काठमाडौं,२३ असार । प्रधानमन्त्री बालेन शाहले एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा नेपाल र एडीबीबीचको सहकार्य, विकास साझेदारी तथा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ।

भेटका क्रममा नेपालमा एडीबीको सहयोगमा सञ्चालन भइरहेका विकास परियोजना, आगामी सहकार्यका सम्भावना तथा दुई पक्षीय साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ। एडीबी अध्यक्ष मासातो कान्डा उच्चस्तरीय प्रतिनिधिमण्डलसहित आइतबार राति काठमाडौं आइपुगेका हुन्। नेपाल भ्रमणका क्रममा उनले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग समेत शिष्टाचार भेटवार्ता गरेका थिए।

अध्यक्ष कान्डाको नेपाल भ्रमणका क्रममा पूर्वाधार विकास, ऊर्जा क्षेत्र, सहरी विकास तथा अन्य प्राथमिकताका विकास परियोजनामा एडीबीको सहयोग विस्तार र आगामी सहकार्यका विषयमा विभिन्न तहमा छलफल हुने अपेक्षा गरिएको छ। नेपालको विकास यात्रामा एडीबी लामो समयदेखि महत्वपूर्ण विकास साझेदारका रूपमा रहँदै आएको छ। एडीबीको सहयोगमा पूर्वाधार, ऊर्जा, यातायात, सहरी विकास, शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा विभिन्न परियोजना सञ्चालन हुँदै आएका छन्।

प्रधानमन्त्री शाहसँगको भेटलाई नेपाल–एडीबी सम्बन्धलाई थप मजबुत बनाउने तथा आगामी विकास साझेदारीका क्षेत्र पहिचान गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here