36.1 C
Birgunj
Date
सोम, असार १५, २०८३
Mon, June 29, 2026
spot_img

गृह मन्त्रालयले सुरु गर्‍यो गुनासा संकलनका लागि नयाँ डिजिटल सेवा

काठमाडौँ, १४ असार । गृह मन्त्रालयले नागरिकका गुनासा, सुझाव तथा आवश्यक जानकारी सहज रूपमा संकलन गर्ने उद्देश्यले ‘हेलो गृह कल सेन्टर’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। मन्त्रालयले गृह प्रशासनलाई थप पारदर्शी, उत्तरदायी तथा प्रविधिमैत्री बनाउने लक्ष्यसहित उक्त सेवा सुरु गरेको हो।

मन्त्रालयका अनुसार अब नागरिकहरूले आफ्ना गुनासा, सुझाव तथा जानकारी सिधै मन्त्रालयसम्म विभिन्न माध्यममार्फत पुर्‍याउन सक्नेछन्। यसका लागि टोल फ्री नम्बर १११२ सञ्चालनमा ल्याइएको छ, जसमा नागरिकले कुनै पनि शुल्क बिना आफ्ना समस्या तथा सुझावहरू राख्न सक्नेछन्। त्यसैगरी, डिजिटल माध्यममार्फत सेवा लिन चाहने नागरिकका लागि इमेलमार्फत पनि गुनासा पठाउने व्यवस्था गरिएको छ। यसका लागि gunaso@moha.gov.np मा इमेल गरेर आफ्नो समस्या वा सुझाव पठाउन सकिने मन्त्रालयले जनाएको छ।

साथै, नागरिकको सहज पहुँचलाई ध्यानमा राख्दै मोबाइल तथा ह्वाट्सएप नम्बर ९८५१३६०६०३ समेत उपलब्ध गराइएको छ। उक्त नम्बरमार्फत पनि आवश्यक जानकारी, सुझाव तथा गुनासाहरू सीधै मन्त्रालयमा पठाउन सकिने व्यवस्था गरिएको गृह मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालयले यो सेवा सञ्चालनसँगै नागरिक र सरकारबीचको संवाद थप प्रभावकारी हुने तथा सेवा प्रवाहमा सुधार आउने विश्वास व्यक्त गरेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here