काठमाडौं, १४ असार । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ बहुमतले पारित भएको छ। आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक, २०८३ पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो।
विधेयकमाथि सांसद हरिप्रसाद भुसाल र सुशील खड्काले दर्ता गराउनुभएको संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो। यस्तै, सांसद गङ्गालक्ष्मी अवाल, डा. पुष्पराज कँडेल, हर्कराज राई, पार्वती विक तथा नरेन्द्रकुमार केरुङले पेश गर्नुभएको संशोधन प्रस्ताव भने बहुमतले अस्वीकृत गरेको छ।
यसैबीच, प्रतिनिधिसभामा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ माथि दफावार छलफल जारी रहेको छ।

