34.8 C
Birgunj
Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026
spot_img

२१ फागुनपछि ओलीको पहिलो सार्वजनिक उपस्थिति आज

काठमाडौं२० जेष्ठ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन्।

उनी एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाटन गर्न काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा उपस्थित हुने कार्यक्रम रहेको छ। ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक उक्त कार्यशालाको उद्घाटन आज बिहान ११ बजे अध्यक्ष ओलीले गर्ने तय भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।

आचार्यका अनुसार पार्टीको सांगठनिक सुदृढीकरण, सदस्यता विस्तार तथा संगठनलाई थप गतिशील बनाउने उद्देश्यले कार्यशालाको आयोजना गरिएको हो।

कार्यशालामा पार्टीका सम्पूर्ण प्रदेश तथा जिल्ला इन्चार्जहरू सहभागी हुनेछन्। साथै प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटीका अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठनका केन्द्रीय अध्यक्ष र संगठन विभाग प्रमुखहरूको पनि उपस्थिति रहने जनाइएको छ।

दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा सदस्यता नवीकरण तथा विस्तार अभियान, संगठन व्यवस्थापन, पार्टी सुदृढीकरणका रणनीति तथा आगामी सांगठनिक योजनाबारे छलफल र अभिमुखीकरण गरिने एमालेले जनाएको छ।

प्रतिनिधिसभा निर्वाचनपछि अध्यक्ष ओलीको यो पहिलो सार्वजनिक उपस्थिति भएकाले कार्यशालालाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here