30.8 C
Birgunj
Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026
spot_img

रातको समयमा खुर्कोट–भकुण्डेबेंसी सडकखण्डमा आवागमनमा पूर्ण रोक

धुलिखेल,२२ बैशाख । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेंसी सडक खण्डमा राति ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारी आवागमनमा पूर्ण रोक लगाएको छ। २०८१ असोजमा रोशी खोलामा आएको बाढीले क्षति पुर्‍याएको यस सडक खण्ड अहिले निर्माणाधीन र स्तरोन्नतिका क्रममा रहेको तथा सामान्य वर्षामा समेत अवरुद्ध हुने भएकाले नागरिक सुरक्षालाई ध्यानमा राखी यो निर्णय गरिएको हो।

काभ्रेपलाञ्चोक र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीहरूबीचको समन्वय तथा जिल्ला सुरक्षा समितिको बैठकले आजैदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि रात्रिकालीन यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

प्रशासनका अनुसार हालै वैशाख २२ गते रोशी गाउँपालिका–७ स्थित रोशी खोलामा आएको बाढीका कारण सवारी साधन र यात्रुहरू बीचमै अलपत्र पर्दा रातको समयमा उद्धार गर्न निकै कठिन भएको र ज्यानकै जोखिम हुने अवस्था सिर्जना भएकाले जोखिम न्यूनीकरणका लागि यो कदम चालिएको हो। वर्षा र रोशी खोलाको बाढी तथा मौसमको अवस्थालाई मध्यनजर गर्दै तोकिएको अवधिबाहेक अन्य समयमा पनि आवश्यकता अनुसार सडक आवागमन जुनसुकै बेला अल्पकालीन अवधिका लागि रोक्न सकिने प्रशासनले स्पष्ट पारेको छ।

यस सडक खण्ड भएर यात्रा गर्ने सर्वसाधारणलाई सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न जिल्ला प्रशासन कार्यालयले हार्दिक अनुरोध गरेको छ। यात्रा गर्नुअघि इलाका प्रहरी कार्यालय मंगलटार, प्रहरी चौकी भकुण्डेबेंसी, प्रहरी चौकी कटुञ्जेबेंसी वा जिल्ला प्रहरी कार्यालय काभ्रेको फोन नम्बर १०० र ९८५१२८४३७६ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ। साथै, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC) को फोन ०११–४९०३२० र टोल फ्री नम्बर १८१०५०००३७७ मा पनि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन सकिने व्यवस्था मिलाइएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here