33.3 C
Birgunj
Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img

प्रधानमन्त्रीको पहल : अतिक्रमित जग्गा फिर्ता लिन सुरक्षा प्रमुखलाई आदेश

काठमाडौं,१० बैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले आउँदो शनिबार र आइतबार अतिक्रमित जग्गा खाली गराउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीले अतिक्रमिक जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले काठमाडौं महानगरपालिकाको मेयर भएको बेला पनि काठमाडौंका खोला किनारमा अतिक्रमण गरेर बसाइएका बस्ती खाली गराउने प्रयास गरेका थिए । कतिपय स्थानमा सफल भए पनि बागमती नदी किनारको सुकुमबासी वस्ती लगायतका संरचना भने हटाउन सकेको छैन ।

आजबाट गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्रीले साँझ सबै सुरक्षा निकायका प्रमुखहरूलाईसँग शनिबार र आइतबार अतिक्रमित जग्गा खाली गराउन निर्देशन दिएको एक उच्च अधिकारी बताए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here