33.3 C
Birgunj
Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img

गृह मन्त्रालय प्रधानमन्त्रीले तत्काल आफूसँगै राख्ने

काठमाडौँ,१० बैशाख । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामापछि रिक्त बनेको गृह मन्त्रालयको जिम्मेवारी अर्को व्यवस्था नभएसम्म प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नै सम्हाल्ने भएका छन्।

प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालका अनुसार, गुरुङले आजै प्रधानमन्त्री निवास पुगेर राजीनामा पत्र बुझाएका थिए, जसलाई प्रधानमन्त्रीले स्वीकृत गरिसकेका छन्।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले भनिन्, “गृहमन्त्रीज्यूले केही समयअघि मात्रै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा पेश गर्नुभएको हो। राजीनामा स्वीकृत भएसँगै तत्कालका लागि गृह मन्त्रालयको दैनिक कामकाज र जिम्मेवारी प्रधानमन्त्रीज्यू स्वयंले सम्हाल्ने निर्णय गरिएको छ।”

विवाद चर्किएपछि गुरुङले पद छाड्ने घोषणा गरेका हुन्। उनले भनेका छन्, “मसँग जोडिएका विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कुनै ‘स्वार्थको द्वन्द्व’ देखिन नपरोस् भन्ने उद्देश्यले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको हुँ।”

उनले पछिल्ला दिनमा आफ्नो सेयरसम्बन्धी विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीरतापूर्वक लिएको पनि बताएका छन्। गुरुङ गत चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए। उनले थप भने, “मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी पूरा गरेको छु। अब मेरो अपिल छ—यदि हामी साँच्चिकै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको मार्गमा सबैले उभिनुपर्छ।”

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here