42.7 C
Birgunj
Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
spot_img

नेपाल–भारत सहकार्यमा पोखरियामा आधुनिक विद्यालय भवन निर्माण सुरु

वीरगंज,०१ वैशाख । नेपाल–भारत मैत्री सहयोग अन्तर्गत पोखरिया नगरपालिका वडा नं. ६ स्थित श्री महोबनी पदमा माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ।

उक्त विद्यालयमा ७ करोड २५ लाख रुपैयाँको लागतमा तीन तल्ले आधुनिक भवन निर्माण गरिनेछ । मंगलबार वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मिना र पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहानले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्।

नेपाल–भारत विकास सहयोग कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको उक्त भवनका लागि ६ करोड ५३ लाख रुपैयाँ भारत सरकारले र ७२ लाख रुपैयाँ पोखरिया नगरपालिकाले व्यहोर्ने जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथी महावाणिज्यदूत देवी सहाय मीनाले शिक्षा विकास, पूर्वाधार विस्तार तथा द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्दै नगर प्रमुख चौहानले यो परियोजना नेपाल र भारतबीचको प्रगाढ सम्बन्ध तथा शिक्षा क्षेत्रमा सहकार्यको महत्वपूर्ण प्रतीक भएको बताए । उनले नेपाल–भारतबीचको मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउन महावाणिज्यदूत मीनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे।

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here