38.9 C
Birgunj
Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
spot_img

कारागारभित्र तनाव: कञ्चनपुरमा झडप, ५ जना घाइते

धनगढी,२५ चैत । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप भएको छ । कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक(एसपी) खड्कबहादुर खत्रीले बुधबार दिउँसो भएको झडपमा पाँच जना कैदीबन्दी घाइते भएको बताए ।

उनकाअनुसार घाइते हुनेमा भुवन नाथ, प्रकाश घरेडी, राजु दमाई, भुवन ऐर र आयुश बम रहेका छन् । घाइते झडप गर्ने दुवै पक्षका भएको उनले बताए ।

घाइते भएकाहरूमा लागुऔषध र चाेरी मुद्दाका रहेको एसपी खत्रीले बताए । उनीहरू महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बुधबार झडप गर्ने समूहबीच यसअघि पनि झडप भएको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here