41.2 C
Birgunj
Date
शनि, असार १३, २०८३
Sat, June 27, 2026
spot_img

शनिबार–आइतबार बिदा लागू, कार्यालय सञ्चालन ९–५ मा सीमित

काठमाडौं,२२ चैत । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भोलिदेखि लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार पेट्रोलियम आपूर्तिमा देखिएको असहज अवस्थालाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो । उनले भोलि अर्थात् चैत २३ गतेदेखि उक्त व्यवस्था लागू हुने जानकारी दिए ।

त्यसैगरी, मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयहरूको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको छ । ‘शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गरिएको छ,’ प्रवक्ता पोखरेलले बताए ।

सरकारको यो निर्णयले इन्धन खपत घटाउने र सेवा प्रवाहलाई व्यवस्थित गर्ने अपेक्षा गरिएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here