38.9 C
Birgunj
Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
spot_img

इन्धन मूल्यवृद्धि विरुद्ध सडकमा प्रदर्शनकारी उत्रिए

काठमाडौं,२१ चैत । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।

इन्धनको मूल्यवृद्धिका कारण दैनिक उपभोग्य वस्तुको समेत मूल्य बढ्ने सम्भावना रहेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले “महंगीको मार बन्द गर”, “पेट्रोल कर कम गर”, “मूल्य घटाएर जनतालाई राहत देउ”, “पेट्रोलमा कर खारेज गर” लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

राष्ट्रिय जेनजी नागरिक अभियान र कुशासन विरुद्धको महाअभियानको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले हाल पेट्रोलमा लगाइँदै आएको विभिन्न कर खारेज गरी मूल्य घटाउन सरकारसँग माग गरेका छन्।

उनीहरूले इन्धन मूल्यवृद्धिले सर्वसाधारण जनताको जीवनयापन झन् कठिन बनाउने भन्दै तत्काल राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here