38.9 C
Birgunj
Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
spot_img

नेपाल–अस्ट्रेलिया सम्बन्ध सुदृढ हुने अपेक्षा, बालेनलाई बधाई ज्ञापन

काठमाडौं,२१ चैत । नेपालको प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेको अवसरमा अस्ट्रेलियाले बधाई तथा शुभकामना व्यक्त गरेको छ।

प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अस्ट्रेलियाका विदेशमन्त्री Penny Wong ले बधाई सन्देश पठाएकी हुन्। उक्त जानकारी नेपालस्थित अस्ट्रेलियन दूतावासले सार्वजनिक गरेको छ।

सन्देशमा अस्ट्रेलिया र नेपालको बीचमा रहेको दीर्घकालीन मित्रता थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरिएको छ। साथै विदेशमन्त्री वोङले शान्त, स्थिर र समृद्ध एसिया–प्रशान्त क्षेत्र निर्माणका लागि प्रधानमन्त्री शाहसँग सहकार्य गर्न अस्ट्रेलिया तत्पर रहेको उल्लेख गरेकी छन्।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here