30.2 C
Birgunj
Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img

प्रदर्शनमा पक्राउ ६ रिहा, एक बैंकिङ कसुरका फरार व्यक्ति नियन्त्रणमा

काठमाडौँ,१५ चैत । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध प्रदर्शनमा उत्रिएर पक्राउ परेका एकजना फरार प्रतिवादी रहेको पुष्टि भएको छ ।

शनिवार बबरमहलबाट पक्राउ परेका विमल धमला बैंकिङ कसुर मुद्दामा फरार रहेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनी दुईवटा मुद्दामा फरार रहेको भेटिएको छ ।

उनलाई थुनामा राखेर अनुसन्धान गरिने एसपी भट्टराईले बताए । धमलाले बबरमहल स्थित एउटा निजी स्कोर्पियोमा तोडफोड गर्ने प्रयास गरेका थिए ।

प्रदर्शन स्थलबाट पक्राउ परेका अन्य ६ जना रिहा भएका छन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here