काठमाडौं,१५ चैत । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्।
सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको स्रोतले जनाएको छ।
लैनचौरस्थित स्काउटको जग्गा विवादमा उनी मुछिएको बताइएको छ। जेनजी आन्दोलनका बेला उनको निवासमा आगजनी हुँदा पैसा उडेको भनिएको भिडियो सार्वजनिक भएपछि सो विषयमा समेत अनुसन्धान भइरहेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले खड्का पक्राउ परेको पुष्टि गरेको छ।

