35.1 C
Birgunj
Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
spot_img

सांसद शाक्यद्वारा एसईई लक्षित छात्र–छात्रालाई प्रोत्साहन नगद पुरस्कार

वीरगंज,१० चैत । पर्सा क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य टेक बहादुर शाक्यले आगामी एसईई परीक्षालाई लक्षित गर्दै विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले नगद पुरस्कार योजना घोषणा गर्नुभएको छ।

मंगलबार आयोजित एक कार्यक्रमबीच उहाँले पर्सा क्षेत्र नम्बर ४ अन्तर्गत रहेका ६ वटा पालिकाबाट उत्कृष्ट नतिजासहित उत्तीर्ण हुने प्रत्येक पालिकाका एक–एक जना विद्यार्थीलाई जनही रु. २१ हजार १११ नगद पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो।

त्यसैगरी, सम्पूर्ण क्षेत्रमै सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने एक जना विद्यार्थीलाई रु. ५१ हजार १११ नगद पुरस्कार प्रदान गरिने पनि उहाँले बताउनुभयो।

सांसद शाक्यले शिक्षा क्षेत्रको विकास तथा विद्यार्थीहरूको मनोबल उच्च बनाउने उद्देश्यले यस्तो योजना ल्याइएको उल्लेख गर्दै मेहनत, अनुशासन र लगनशीलताका साथ अध्ययन गरी उत्कृष्ट नतिजा हासिल गर्न सम्पूर्ण विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्नुभयो।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here