43.5 C
Birgunj
Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img

जगरनाथपुर गाउँपालिकाद्वारा शोक विदा, वडा सदस्य दुसादको असामयिक निधन

वीरगंज,१० चैत । पर्साको जगरनाथपुर गाउँपालिकाले वडा नं. ५ धर्मपुर टोलकी महिला दलित वडा सदस्य गेनी देवी दुसादको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्दै एक दिन शोक विदा घोषणा गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवद्वारा जारी सूचनाअनुसार मंगलबार निधन भएकी दुसादको मृत्युले समग्र गाउँपालिकालाई स्तब्ध बनाएको उल्लेख गरिएको छ।

गाउँपालिकाले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ। साथै, यस दुःखद घडीमा परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना पनि गरिएको छ।

शोकस्वरूप चैत १२ गते बुधबार गाउँपालिकाअन्तर्गत अत्यावश्यक सेवा तथा शैक्षिक संस्थाबाहेकका सबै कार्यालयहरू बन्द रहने जनाइएको छ।

यसैबीच गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले पनि वडा सदस्य दुसादप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here