34.1 C
Birgunj
Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img

सरकारी सुविधा नलिने घोषणा, निजी गाडीमै हिँड्ने गुरुङ

काठमाडौं,०३ चतै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद सुधन गुरुङले राज्यबाट प्राप्त हुने तलब तथा भत्ता नलिने घोषणा गर्नुभएको छ।

ललितपुरको ग्वार्कोमा आयोजित पार्टीको संसदीय अभिमुखीकरण कार्यक्रममा सहभागी हुने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले आफू आर्थिक रूपमा सक्षम भएकाले सरकारी सेवा–सुविधा लिन आवश्यक नरहेको बताउनुभयो। “म तलब खान्न, किन खानु? हामी आफैँ सक्षम छौँ,” भन्दै उहाँले राजनीतिलाई सेवाको भावले हेर्नुपर्ने धारणा राख्नुभयो।

गुरुङले आफ्नो संसदीय कार्यकालभर सरकारी सवारी साधन प्रयोग नगरी निजी गाडीमै आवतजावत गर्ने स्पष्ट पार्नुभएको छ। यद्यपि, कानुनी व्यवस्था अनुसार संघीय संसद्का सदस्यहरूलाई छुट्टै सरकारी गाडीको सुविधा उपलब्ध हुँदैन। तर पनि उहाँको यो अभिव्यक्तिले सार्वजनिक खर्च कटौती र सादगी जीवनशैलीप्रतिको प्रतिबद्धता झल्काएको छ।

निर्वाचनमा रास्वपाले पाएको जनसमर्थन र अपेक्षालाई ध्यानमा राख्दै आफूहरू फरक शैलीमा काम गर्न चाहेको गुरुङको भनाइ छ।

यसअघि पनि रास्वपाका केही नेताहरूले सरकारी सुविधा नलिने घोषणा गर्दै आएका थिए। गुरुङको पछिल्लो कदमले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ। आर्थिक रूपमा सक्षम जनप्रतिनिधिहरूले राज्यकोषमा भार नथप्ने यस्तो अभ्यास सकारात्मक भए पनि यसको दीर्घकालीन प्रभावकारिताबारे सर्वसाधारणमा चासो देखिएको छ।

संसद्मा जनताका मुद्दा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै गुरुङले आफ्नो भूमिका सक्रिय र उत्तरदायी बनाउने बताउनुभयो।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here