34.1 C
Birgunj
Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img

सिन्दुरिया माई विद्यालयको चार कोठे भवन निर्माणका लागि बजेट सुनिश्चित

वीरगंज,१ चैत । वीरगंज महानगरपालिका वडा नं. १५ लक्ष्मणवामा रहेको श्री सिन्दुरिया माई आधारभूत विद्यालयका लागि चार कोठे नयाँ भवन निर्माण गर्न बजेट विनियोजन गरिएको छ।

वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको निर्देशनमा विद्यालयको भौतिक पूर्वाधार सुदृढ बनाउन उक्त बजेट व्यवस्था गरिएको हो। महानगरपालिकाले शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यसहित विद्यालयहरूको भौतिक विकासलाई प्राथमिकतामा राख्दै भवन निर्माण प्रक्रिया अघि बढाएको जनाएको छ।

नयाँ भवन निर्माण भएपछि विद्यार्थीहरूले सुरक्षित र व्यवस्थित कक्षाकोठामा अध्ययन गर्ने अवसर पाउनेछन्। यसले विद्यालयको शैक्षिक वातावरण सुधार हुनुका साथै समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भवन निर्माणका लागि बजेट विनियोजन भएकोमा स्थानीय समुदाय, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकहरूले नगर प्रमुख सिंहप्रति धन्यवाद व्यक्त गरेका छन्। उनीहरूले विद्यालयको भौतिक विकासका लागि चार कोठे भवन निर्माणको व्यवस्था गरिएकोमा आभार प्रकट गरेका हुन्।

वीरगंज महानगरपालिकाले शिक्षा क्षेत्रको विकास र विद्यालयहरूको भौतिक पूर्वाधार सुधारमा निरन्तर ध्यान दिइरहेको सन्देश यस निर्णयले दिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here